ज्येष्ठ नागरिकलाई कास्की जिल्ला प्रशासनमा द्रुत सेवा
कास्की | भदौ १७, २०८१
कास्की: जिल्ला प्रशासन कार्यालयको हाताभित्र ज्येष्ठ नागरिक विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्रको आजदेखि सञ्चालनमा ल्याइएको छ ।
कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई सहजताका लागि विश्रामकक्षमा नै पुगेर सेवा प्रदान गर्नेगरी कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
प्रशासनमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि दैनिक ५० देखि ६० जना ज्येष्ठ नागरिक आउने जनाइएको छ । प्रशासनले ज्येष्ठ नागरिकलाई लामो समय लाइनमा बस्नु नपर्नेगरी सेवा दिनका लागि ‘डेडिकेटेड लाइन’को व्यवस्था गरिने प्रजिअ पाण्डेले बताउनुभयो ।
स्वास्थ्य सहायता केन्द्रमा स्वास्थ्यकर्मीबाट उच्च रक्तचाप जाँच, तापक्रम जाँच, बेडको सुविधा तथा आवश्यक औषधि निःशुल्क प्रदान गरिनेछ । उहाँका अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श सेवा उपलब्ध गराइनेछ ।
“हामी ज्येष्ठ नागरिकलाई विश्रामकक्षसहित डेडिकेटेड लाइनबाट द्रुत सेवा दिनेछौँ । उहाँहरूको सामान्य स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौँ । ज्येष्ठ नारिकले लाइनमा नबसिकन नै सेवा पाउनुहुनेछ”, पाण्डेले भन्नुभयो ।
जिल्लास्थित आम नागरिक तथा ज्येष्ठ नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयमा समेत ज्येष्ठ नागरिक विश्रामकक्ष स्थापना गर्ने कार्यको अनुशरण हुने विश्वास प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यक्त गर्नुभयो । ज्येष्ठ नागरिक विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले ज्येष्ठ नागरिकमैत्री कार्यको प्रशंसा गर्दै सञ्चालित कार्यको निरन्तरताको अपेक्षा गर्नुभयो ।
उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक तथा आम नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयमा विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा आउनु सकारात्मक रहेको छ । यसको अन्य कार्यालयले समेत अनुशरण गर्नुपर्दछ ।” नागरिकलाई विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्रसहितको व्यवस्थाले सेवा प्रवाहमा सहजता ल्याउने विश्वास गरिएको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

